काठमाडौं । केही समयदेखि सामाजिक सञ्जालमा भाइरल बनेकी शर्मिला वाइवाले विष सेवन गरेकी छिन् ।
बुधबार राति वाइवाले विष सेवन गरेको र अहिले वीर अस्पतालमा उपचार भइरहेको काठमाडौंका प्रहरी प्रमुख दानबहादुर कार्कीले जानकारी दिए ।
वाइवाले हिजो आफ्नै निवास बानियाँटारमा विष सेवन गरेकी हुन् ।
अहिले वीर अस्पतालको आइसीयूमा उपचार भइरहेको र खतरामुक्त रहेको अस्पतालबाट जानकारी आएको उनले बताए । साथै विष सेवन गर्नुको कुनै कारण भने खुलेको छैन ।
वाइवा केही समय अघि पत्रकार ऋषी धमलासँगको सम्बन्ध रहेको भन्दै सामाजिक सञ्जालमा आएसँगै विवादित बनेकी थिइन् ।