काठमाडौं । देशका धेरै ठाउँको मौसम धुम्मिएको छ। आज पनि हिजोको जस्तै पारिलो घाम लाग्ने सम्भावना नभएको मौसमविद् प्रतिभा मानन्धरले जानकारी दिइन् । उनका अनुसार देशभरकै मौसम आज आंशिकदेखि सामान्य बदली हुनेछ ।
सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशमा हल्का वर्षा र हिमपातको सम्भावना छ। अन्य प्रदेशमा भने बादल लागे पनि पानी पर्ने सम्भावना छैन। तत्कालका लागि प्रदेश १, बाग्मती, गण्डकी र मधेस प्रदेशमा पानी पर्ने सम्भावना नरहेको मौसमविद् मानन्धरले बताइन् ।
मौसमविद् मानन्धरका अनुसार यो हिउँदमा अब हल्का हिमपातको सम्भावना रहे पनि जमिन भिज्ने गरी पानी पर्ने सम्भावना छैन ।