काठमाडौं । धनुषामा एक प्रहरी चौकीमा हिरासतमा रहेका ६ जना अभियुक्त फरार भएका छन् । इलाका प्रहरी कार्यालय सखुवा महेन्द्रनगरको हिरासत तोडेर ६ जना फरार भएका जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी नायब उपरीक्षक प्रदीपबहादुर क्षेत्रीले जानकारी दिएका हुन् ।
‘हामी ड्युटीमै थियौँ । अगाडिबाट भित्रको हिरासत देखिँदैन। भवन धेरै पुरानो रहेकाले पछाडिबाट तोडेर अभियुक्तहरु भागेका हुन्’, प्रहरी नायब उपरीक्षक क्षेत्रीले भने।
फरार भएकाहरुको खोजी भइरहेको प्रहरीले जनाएको छ। हिरासतमा जम्मा ७ जना थिए । तीमध्ये गाडी दुर्घटनाको मुद्दामा जेल परेका एक जनाबाहेक सबै फरार भएका छन् ।