काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान पारस खड्काले लेजेन्ड्स लिग क्रिकेट खेल्ने भएका छन् । पारसले एसियन लायन्सबाट लेजेन्ड्स लिग खेल्ने भएका हुन् ।
एसियन लायन्सले सामाजिक संजालबाट पारसलाई अनुबन्ध गरिएको जनाएको छ । लायन्सले पारससँगै थिसारा परेरा, मोहम्मद हाफिज र शोयब अख्तरलाई टोलीमा अनुबन्ध गरिएको समेत जनाएको छ ।
टोलीले यस अघि उपुल थरंगा तथा अस्गर अफगानलाई टोलीमा अनुबन्ध गरिसकेको छ । लिगमा वल्र्ड जायन्टस, इण्डियन महाराज तथा एसियन लायन्सको सहभागिता रहने छ । लिगको तेस्रो संस्करण २७ फेब्रुअरी देखी ८ मार्चसम्म कतारमा आयोजना हुँदैछ ।