काठमाडौं । जापानमा लगातार घट्दो क्रममा रहेको जन्मदर प्रति प्रधानमन्त्री फुमियो किशिदाले चिन्ता व्यक्त गरेको छन् ।
जापानको संसदमा सम्बोधन गर्दै प्रधानमन्त्री किशिदाले जापानमा आयुदर बढेकोले बृद्धबृद्धाहरुको संख्यामा बृद्धी भएको तर जन्मदर भने निकै कम हुँदै गएको तथ्य पेश गरेका छन् ।
देश र समाज सञ्चालनमा आवश्यक दक्ष जनशक्ति उपलब्ध हुनेमै शंका उत्पन्न गराएको प्रधानमन्त्री किशिदाको भनाई छ । प्रधानमन्त्री किशिदाले दम्पतीहरूलाई सन्तान जन्माउनका लागि प्रोत्साहन गर्न थप योजनाहरू ल्याउने बताएका छन् ।
१२ करोड ५० लाख बढी जनसंख्या रहेको जापानमा गत बर्ष ८ लाखभन्दा कम नयाँ जन्म मात्रै दर्ता गरिएको छ । सन् १९७० को दशकमा जापानमा बर्षेनी २० लाखभन्दा धेरै बच्चा जन्मिएका थिए । अहिले भने त्यो क्रम घट्दै गएको छ ।