काठमाडौं । अफगानिस्तानमा चिसो मौसम सुरू भएयता शीतलहरका कारण १ सय भन्दा बढीको मृत्यु भइसकेको छ । गत दुई हप्तामा चिसो मौसम र प्रदुषित हावाको कारण उनीहरुको मृत्यु भएको हो ।
अफगानिस्तानमा विभिन्न प्रान्तहरुमा चलेको शीतलहरले बालबालिका र बृद्धबृद्धा बढी मारमा परेका छन् । कमजोर आर्थिक अवस्था भएका परिवारहरू प्रायः यस मौसममा अत्यधिक चिसोको सिकार हुने गरेका छन् ।
न्यानो कपडा र आगो ताप्न दाउरासम्म किन्न असक्षम सर्वसाधारणले चिसोकै कारण ज्यान गुमाउनु परेको हो । तापक्रममा अचानक आएको गिरावटले गरिबी, खाद्यान्न र इन्धनको अभावबाट ग्रस्त भएका मानिसहरूलाई अझ बढी असर गरेको छ ।