काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य यस वर्षकै उच्च भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा ३ सय रूपैयाँले बढेर १ लाख ५ हजार ३ सय रूपैयाँमा कारोबार भइरहेको हो।
त्यस्तै तेजाबी सुन १ लाख ४ हजार ८ रूपैयाँमा कारोबार भइरहेको छ। आइतबार सुनको मूल्य १ लाख ५ हजार रूपैयाँ र तेजाबी सुन १ लाख ४ हजार ५ सय रूपैयाँमा कारोबार भएको थियो ।
आजचाँदीको मूल्य तोलामा ५ रूपैयाँले बढेर १ हजार ३ सय ८० रूपैयाँमा कारोबार भइरहेको छ। चाँदीको मूल्य हिजो स्थिर रहँदै १ हजार ३ सय ७५ रूपैयाँमा कारोबार भएको थियो ।