काठमाडौं । चीनका राष्ट्रपति सी चिनफिङ र अमेरिकी उपराष्ट्रपति कमला ह्यारिसबीच भेटवार्ता भएको छ । बैंककमा आयोजित एसिया–प्रशान्त आर्थिक सहकार्य संगठनको नेता स्तरीय अनौपचारिक सम्मेलनमा सहभागी हुँदै राष्ट्रपति सी ले ह्यारिससँग भेटवार्ता गरेका हुन् ।
राष्ट्रपति सीले वार्तामा चीन र अमेरिका दुवै पक्षले आपसी समझदारीलाई थप बढाउने र गलत बुझाइ तथा गलत निर्णयलाई सक्दो घटाउने र दुवै पक्षको सम्बन्ध पुनः स्वस्थ र स्थिर बाटोमा लैजान प्रयास गर्ने विश्वास व्यक्त गरेका छन् ।
प्रतिउत्तरमा अमेरिकी उपराष्ट्रपति ह्यारिसले चीनसँगको टकराव र द्वन्द्व अमेरिकाले नचाहेको र दुवै देशले आपसमा निरन्तर सम्पर्क गरी अन्तर्राष्ट्रिय मामिलामा सहकार्य बढाउनु पर्ने बताएकी छन् ।
त्यस्तै, चीनका राष्ट्रपति सीले थाइल्याण्डका प्रधानमन्त्री पादीफाट चान–ओचासँग बैंककस्थित प्रधानमन्त्री कार्यालयमा भेटवार्ता गरेका छन् । भेटवार्तामा दुई नेताले चीन–थाइल्याण्डको समृद्धि र दिगो भाग्य समुदायको संयुक्त निर्माण गर्ने घोषणा गरेका छन् ।