काठमाडौं । विश्व फुटबलको कुम्भमेला फिफा विश्वकप फुटबल आजबाट कतारमा सुरु हुँदैछ । विभिन्न विवाद र आलोचनाबीच कतार विश्वकप आजदेखि सुरु हुँदैछ । ६० हजार दर्शक क्षमताको अल बायत स्टेडियममा कतार विश्वकपको भव्य उद्घाटन हुनेछ ।
कतार विश्वकपको उद्घाटन खेलमा आयोजक कतार र इक्वेडरबीच प्रतिस्पर्धा हुनेछ । उद्घाटन खेल नेपाली समय अनुसार राति ९स्४५ बजे सुरु हुनेछ ।
कतार र इक्वेडरबीचको उद्घाटन खेलअघि औपचारिक उद्घाटन समारोह हुनेछ । उद्घाटन समारोहमा कोरियाली ब्यान्ड बीटीएस, बलिउड स्टार नोरा फतेह, अमेरिकन गायक लिल बेबीलगायतका स्थानीय कलाकारले प्रस्तुति दिनेछन्।
मध्येपूर्वको मुस्लिम राष्ट्रमा पहिलोपटक आयोजना हुन लागेको विश्वकपमा ३२ राष्ट्रले प्रतिस्पर्धा गर्दैछन् । सहभागी राष्ट्रलाई आठ समूहमा विभाजन गरिएको छ । यस विश्वकपमा कुल ६४ खेल हुनेछ । आठ रंगशालामा आयोजना हुने विश्वकपको फाइनल डिसेम्बर १८ मा हुनेछ ।