काठमाडौं । आज कात्तिक शुक्ल पूर्णिमाका दिन अर्थात् कात्तिक २२ गते मङ्गलबार ’खग्रास चन्द्रग्रहण’ लाग्दैछ ।
वर्षौ पछिको यो खग्रास चन्द्रग्रहण नेपाल, भारत, जापान, चाइना सहित सम्पूर्ण एशिया, अस्ट्रेलिया, उत्तरी अमेरिका, दक्षिणी अमेरिका, अटलान्टिक, प्रशान्त महासागर, हिन्द महासागर सहित विश्वका अधिकांश ठाउँबाट देखिनेछ ।
नेपालमा नेपाली समय अनुसार साँझमा चन्द्रोदयसँगै ०५ ÷ ११ मिनेटमा स्पर्श हुनेछ र रातीको ६ बजेर ३४ मिनेट मोक्ष हुनेछ । अतः सम्पूर्ण ग्रहण अवधि १ घण्टा २३ मिनेटको हुनेछ । यो ग्रस्तोदित खग्रास चन्द्रग्रहण उत्तर तर्फबाट स्पर्श भई दक्षिण र नैऋत्य मा समाप्ति हुनेछ ।
ग्रहणको समयमा के गर्ने ?
ग्रहणकालमा आफ्नो दिक्षा मन्त्रहरू छ भने जप गर्नु, नभए भगवानको मन्त्रहरूको जप तथा ध्यान, होम आदि गर्नाले हजारौँ गुणा बढी फल मिल्ने शास्त्रोक्त वचन छ ।
ग्रहण एउटा प्राकृतिक घटना हो, त्यसैले ग्रहण तथा सूतकबाट भयभीत हुनुहुँदैन । ग्रहणको समयमा हाम्रो घरमा चन्द्रमाको विकिरण तथा नकारात्मक उर्जा घरभित्र प्रवेश हुने भएकाले ग्रहणकालमा पकाएर खानेकुरा राख्नुहुँदैन, यसकासाथै दूध, दही, घ्यू, पानी, अचार आदि छ भने त्यसमा तुलसीपत्ता वा कुश राख्नाले त्यस्ता खानेकुरालाई खराब नगर्ने शास्त्रीय मान्यता छ ।
ग्रहण फलः
यसपालि मेषादि बाह्र राशिको ग्रहण फल यसप्रकार रहेको छः
मेष ः घात हुने
वृष ः खर्च बढ्ने
मिथुन ः लाभ हुने
कर्कट ः सुख मिल्ने
सिंह ः मानहानी हुने
कन्या ः कष्ट हुने
तुला ः स्त्रीपीडा हुने
बृश्चिक ः सुखदायी हुने
धनु ः चिन्ता बढ्ने
मकर ः व्यथा बढ्ने
कुम्भ ः श्रीः प्राप्ति हुने
मीन ः क्षति हुने ।