काठमाडौं । तरलता अभावको प्रत्यक्ष प्रभाव बैंकिङ ब्याजदरमा परेको छ । अघिल्लो वर्ष सरदर ७ प्रतिशत रहेको बैंकिङ आधारदर (बेसरेट) चालु आर्थिक वर्षको सुरुवातमा नै दोहोरो अंक नाघेको हो ।
कूल २६ वटा वाणिज्य बैंकहरू मध्ये आधाआधी बैंकहरुको बेसरेट १० प्रतिशत हारहारी पुगेको छ । जसमध्ये चार वटा बैंकको त १० प्रतिशत माथि नै पुगिसकेको छ ।
कुमारी बैंक, सिभिल बैंक, सेन्चुरी कमर्सियल बैंक र सनराइज बैंकको आधार दर १० प्रतिशत माथि पुगेको हो । यी बैंकहरुको आधार दर १०.०१ प्रतिशतदेखि १०.५७ प्रतिशतसम्म पुगेको छ ।