काठमाडौं । चीनका राज्य परिषदका सदस्य एवम् परराष्ट्र मन्त्री वाङ यीले अमेरिकी तल्लो सदनकी सभामुख नान्सी पेलोसीले ताइवानको भ्रमण गरेर चीनको सार्वभौमिकता माथि गम्भीर उल्लंघन गरेको बताएका छन् ।
विशेष पत्रकार सम्मेलनको आयोजना गरेर विदेशमन्त्री वाङ यीले अमेरिकाले दिएको वचनवद्धताको गम्भीरता पूर्वक विपरीतार्थक हुँदै थाइवान जलडमरुको शान्ति र स्थिरतालाई गम्भिर क्षति पुर्याएको बताए । उनले उक्त गतिविधिको चीनले कडा प्रतिक्रिया दिने समेत बताए ।
वाङ यीले एक सय भन्दा बढी मुलुकहरुले एक मात्र चीन नीतिको अटलताका साथ पालना गर्ने दोहोर्याउँदै संयुक्त राष्ट्र संघका महासचिव आन्टोनिओ गुटेरेसले संयुक्त राष्ट्र संघ, महासभाको २७५८ औं नम्बरको निर्णय प्रस्ताव अर्थात् एक मात्र चीनको नीतिमा अडिग रहने कुरामा जोड दिएको बताए ।