काठमाडौं । पछिल्लो ६ घण्टामा झापाको भद्रपुर, विर्तामोड, शनिश्चरे आसपासमा भारी वर्षा भएको छ । त्यहाँ थप वर्षा हुने पूर्वानुमान गरिएको छ ।
मेची, बिरिङ, निन्दा, गेर्खा र आसपासका साना नदीमा एक्कासि बहाव हुन सक्ने भएकाले तटीय क्षेत्रमा सतर्कता अपनाउन बाढी पूर्वानुमान महाशाखाले आग्रह गरेको छ ।
महाशाखाले आज देशभरको मौसम सामान्यदेखि पूर्ण बदली रहि धेरै ठाउँमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।
आज प्रदेश एक, मधेश प्रदेश, वाग्मती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेशका थोरै र सुदूरपश्चिम प्रदेशका एक/दुई ठाउँमा भारी वर्षाको सम्भावना रहेको पनि महाशाखाले जनाएको छ ।