काठमाडौं । चीनको परराष्ट्रमन्त्रालयका प्रवक्ता चाउ ली च्येनले वेल्ट एन्ड रोड अर्थात बीआरआई ऋणको पासो भनेर अमेरिकी अधिकारीको भनाइ सम्पूर्ण रुपमा गलत रहेको बताएका छन् ।
हिजो पैचिङमा आयोजित नियमित पत्रकार सम्मेलनमा प्रवक्ता चाउले उक्त कुरा बताएका हुन् । प्रवक्ता चाउले बीआरआई सुरु भएको ९ वर्षयता संयुक्त सल्लाह, निर्माण, शेयरको नीतिमा अडिग रहिरहेको बताउँदै सम्बद्ध मुलुकका जनतालाई व्यावहारिक लाभ दिएको बताएका छन् ।
विश्व बैङ्कको अनुमान अनुसार, बीआरआई प्रारूपमा रहेको यातायात पूर्वाधार कार्यक्रम पूरै संचालन भएका छन् । सन् २०३० सम्ममा हरेक वर्ष विश्वलाई १६ खर्ब अमेरिकी डलरको फाइदा प्रदान गर्नेछ भने विश्व जीडीपीको १.३ प्रतिशत पुग्नेछ ।
तीमध्ये ९० प्रतिशत साझेदारी मुलुकले शेयर गर्नेछन् भने न्यून र निम्न मध्यम आय भएका देशले बढी फाइदा लिन्छन् । सन् २०१५ देखि सन् २०३० सम्म ७६ लाख व्यक्तिले ती कार्यक्रमबाट अति गरिबीबाट मुक्ति पाउनेछन् भने ३.२ करोड व्यक्ति मध्य गरिबीबाट मुक्त हुनेछन् ।