काठमाडौं । एसीसी महिला टी-ट्वान्टी च्याम्पियनसिप आजबाट मलेसियामा सुरु हुँदैछ । च्याम्पियनसिपको पहिलो खेलमा नेपालले आज भुटानसँग खेल्दै प्रतियोगिताको सुरुआत गर्नेछ। यूएसडी यूकेएम ओभलमा हुने खेल नेपाली समय अनुसार बिहान ८ः४५ बजे सुरु हुनेछ ।
नेपाल आज भुटानलाई हराउँदै च्याम्पियनसिपमा सुखद सुरुआत गर्न चाहन्छ । च्याम्पियनसिपको उपाधि जित्ने लक्ष्य लिएको नेपाललाई भुटान सहज प्रतिद्वन्दी समेत हो । यता, भुटान पनि नेपाललाई हराएर सुखद सुरुआती गर्ने योजनामा रहेको छ । च्याम्पियनसिपमा १० टोलीको सहभागिता रहेको छ । सहभागी टोलीलाई दुई समूहमा विभाजन गरिएको छ ।
च्याम्पियनसिपमा नेपाल समूह ुबीु मा रहेको छ । नेपालको समूहमा हङकङ, कुवेत, भुटान र बहराइन रहेका छन् । यस्तै समूह ुएु मा मलेसिया, युएई,ओमान,कतार र सिंगापुर रहेका छन् ।
समूह चरणको खेलपछि शीर्ष दुई टोलीले सेमिफाइनलमा स्थान बनाउने छन् । च्याम्पियनसिपको फाइनल पुग्ने दुई टोलीले महिला टी-ट्वान्टी एसिया कप क्रिकेटमा छनोट हुनेछ ।
च्याम्पियनसिप अन्तर्गत नेपालले दोस्रो खेलमा कुवेतसँग शनिबार खेल्नेछ । यस्तै नेपालले सोमबार बहराइन र अन्तिम खेलमा मंगलबार हङकङसँग खेल्नेछ।