काठमाडौं । ब्राजिलको उत्तरपूर्वी पर्नाम्बुको राज्यमा गत सातादेखि परेको भीषण वर्षाका कारण मृत्यु हुनेको संख्या बढेर १०७ पुगेको छ भने ११ जना अझै बेपत्ता रहेको राज्य सरकारले जनाएको छ । कम्तिमा ६,६५० व्यक्तिहरू वर्षाबाट विस्थापित भएका छन् ।
त्यसैगरी ठूलो बाढी र पहिराले दर्जनौं घरहरूलाई भासिएका छन् । उक्त राज्यको राजधानी रेसिफे र यसको महानगरका क्षेत्रमा धेरैको जनाको मृत्यु भएको छ ।
पेर्नाम्बुकोको इतिहासमा प्राकृतिक विपत्तिबाट यति धेरैको संख्यामा भएको मृत्यु दोस्रो घटना हो । यस अघि दोस्रो सन् १९६६ को मे महिनामा यस्तै विपत्तिमा १७५ जनाले ज्यान गुमाएका थिए ।
अग्निनियन्त्रक र ब्राजिलियन सेनाले तालिम प्राप्त उद्धार कुकुरहरूको सहयोगमा बेपत्ता भएकाहरूको शव खोजी कार्य तीव्र बनाएको छ ।
पर्नाम्बुका २४ नगरपालिकाहरूले आपतकालीन अवस्था घोषणा गरेका छन् भने संघीय सरकारले प्रभावित क्षेत्रहरूको पुनर्निर्माणका निम्ति लगभग २०० मिलियन अमेरिकी डलर छुट्याउने घोषणा गरेको छ ।