काठमाडौं । स्थानीय तहको निर्वाचन अन्तर्गत अन्तिम मत परिणाम सार्वजनिक भएका पालिकाको संख्या ६ सय ८३ पुगेको छ ।
सार्वजनिक भएको मत परिणामअनुसार नेपाली कांग्रेसले ३ सय ४ पालिका मेयर जितेको छ । साथै कांग्रेसले २ सय ७९ पालिकाको उपमेयर जितेको छ ।
त्यस्तै, नेकपा एमालेले १ सय ८६ पालिका मेयर जितेको छ भने एमालेले २ सय १२ उपमेयर जितेको छ । त्यस्तै नेकपा माओवादी केन्द्रले १ सय १६ पालिका मेयरमा विजयी हुँदा १ सय २० उपमेयर जितेको छ ।
जनता समाजवादी पार्टी (जसपा) ले २३ पालिका मेयर जितेको छ भने जसपाले २३ उपमेयर जितेको छ । नेकपा एकीकृत समाजवादीले १७ पालिका मेयर र २१ उपमेयर जितेको छ । लोकतान्त्रिक समाजवादी पार्टीले १० पालिका मेयर र ९ उपमेयर जितेको छ ।
अन्य दल तथा स्वतन्त्र उम्मेदवारले २७ पालिका मेयर तथा १७ उपमेयर जितेका छ । मतगणना भइरहेको पालिकामध्ये नेपाली कांग्रेस १९ ठाउँमा अगाडि छ, भने नेकपा एमाले १७ ठाउँमा अगाडि रहेको छ । त्यस्तै नेकपा माओवादी केन्द्र ७, जसपा ११, एकीकृत समाजवादी २, लोसपा ६ र अन्यले ५ पालिकामा अग्रता लिएका छन् ।