काठमाडौं । ६ वटा महानगरपालिकामध्ये विराटनगर महानगरपालिकाको नतिजा सार्वजनिक भइसकेको छ। विराटनगर महानगरपालिकाको मेयरमा कांग्रेस र उपमेयरमा एमाले विजयी भएका छन् ।
अरु पाँच महानगरपालिकाको मतगणना भइरहेको छ । पछिल्लो परिणाम अनुसार काठमाडौं महानगरपालिकामा स्वतन्त्र उम्मेदवार बालेन्द्र साहले ३१ हजार १५, एमालेका केशव स्थापितले १६ हजार ५ सय २७ र कांग्रेसकी सिर्जना सिंहले १६ हजार २ सय २४ मत ल्याएका छन् ।
त्यस्तै, उपमेयरमा एमालेकी सुनिता डङ्गोलको अग्रता कायमै छ । सुनिताले हालसम्म २६ हजार ५ सय ७५ मत पाएकी छन् ।