मनाङ । मनाङको चामे गाउँपालिकामा नेकपा एमालेले विजयी भएको छ । चामे गाउँपालिकाको अध्यक्ष पदमा एमालेका लोकेन्द्रबहादुर घले विजयी भएका हुन् ।
उनले ३२० मत ल्याएका छन् । उनका प्रतिद्वन्द्वी नेपाली कांग्रेसका छिरिङ ध्वर्जे लामाले २७९ मत ल्याए । घले यसअघि पनि चामे गाउँपालिकाको अध्यक्ष थिए ।