काठमाडौं । जर्मन बुन्डेसलिगा फुटबलमा शीर्ष स्थानको बायर्न म्युनिखले फराकिलो जित निकालेको छ । शनिबार राति सम्पन्न खेलमा बायर्नले एफसी कोल्नलाई ४–० गोल अन्तरले हराएको हो ।
बायर्नको जितमा रोबर्ट लेवान्डोस्कीले ह्याट्रिक गरे भने कोरेनतिन टोलिस्सोले एक गोल थपे। खेलको नवौं मिनेटमा लेवान्डोस्कीले गोल गर्दै बायर्नलाई सुरुआती अग्रता दिलाएका थिए ।
खेलको २५औं मिनेटमा टोलिस्सोले गोल गर्दै बायर्नलाई २–० को स्थितिमा पुर्याए।खेलको ६२ औं मिनेटमा लेवान्डोस्कीले व्यक्तिगत दोस्रो गोल गर्र्दा बायर्न ३–० को स्थितिमा पुग्यो। त्यसपछि खेलको ७४ औं मिनेटमा लेवान्डोस्कीले ह्याट्रिक पूरा गर्दै बायर्नलाई ४–० को जित दिलाए।जितसँगै बायर्नले १९ खेलमा ४६ अंक जोडेको छ भने पराजित कोल्नले १९ खेलबाट २८ अंक छ।