काठमाडौ । केही समयदेखि खुकुलो पारिएको काठमाडौं उपत्यकामा कोरोना संक्रमण दर बढेसँगै निषधाज्ञामा थप कडाइ गरिने भएको छ ।
पछिल्लो समयमा काठमाण्डौ उपत्यकामा दैनिक ३ हजार बढी नयाँ कोरोना संक्रमित थपिन थालेपछि उपत्यकामा निषेधाज्ञा थप कडाइ गरिन लागिएको काठमाडौँका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले बताए ।
सार्वजनिक यातायात सञ्चालनको विषयमा तीनै सीडीओको बैठकले निर्णय गरिने पराजुलीले बताए । निषेधाज्ञाको प्रकृति कस्तो हुने भन्नेबारे आगामी बैठकले निर्णय गर्ने उनले बताए ।
कोरोनाकोे दोस्रो लहर आएसँगै वैशाख १६ गतेबाट काठमाडौँ उपत्यकामा निषेधाज्ञा जारी गरिएको थियो ।
सार्वजनिक यातायात र होटल तथा रेष्टुरेन्टले टेक अव वेको सुविधाबाट सेवा प्रदान गर्दै आएका छन् ।