काठमाण्डौ । नेकपा एमालेको जारी केन्द्रीय कमिटीको १३ औं बैठकमा केन्द्रीय सदस्य महेश बस्नेतले शासकीय स्वरुपमा प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री बनाउन प्रस्ताव गरेका छन् ।
बस्नेतले धर्म निरपेक्षताको बारेमा समेत बहस हुनुपर्ने भन्दै मुलकको विशिष्ठ पहिचानको घोषणा हुनुपर्ने बिषय प्रवेश गराएका छन् ।
उनले धर्म निरप्रेक्ष्यताको बारेमा बहस गर्न र संघीयताको उपदेयताका बारेमा समीक्षा गर्ने प्रस्ताव पेश गरेका छन् ।
बस्नेतको ८ बुँदे प्रस्तावमा प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री रहने गरी संविधान संशोधन हुनुपर्ने र दुई कार्यकालभन्दा बढी प्रधानमन्त्री बन्न नपाइने उल्लेख छ ।
उनले पार्टी अध्यक्ष पनि दुई कार्यकाल भन्दा बढी हुन नपाइने र ३ कार्यकालभन्दा बढी पार्टीको पदाधिकारी हुन नपाइने प्रस्ताव गरेका छन् ।
त्यस्तै पार्टी र राज्यका पदहरुमा युवाको ४० प्रतिशत प्रतिनिधित्व सुनिश्चित गर्न माग गर्दै पार्टी महाधिवेशनको राजनैतिक प्रतिवेदन र विधान अनि चुनावको घोषणा–पत्रमा यो बिषय सम्बोधन गर्न बैठकबाट कार्यदल बनाएर जानुपर्ने प्रस्ताव बस्नेतले पेश गरेका छन् ।