काठमाडौं । जनता समाजवादी पार्टीका ६ जना शीर्षनेताको बैठक विना निष्कर्ष सकिएको छ । पार्टी कार्यालय बालकुमारीमा आज बसेको बैठकमा समसामहिक राजनीतिक विषयमा छलफल भएको अध्यक्ष उपेन्द्र यादवले जानकारी दिनुभयो ।
उहाँका अनुसार पछिल्लो समसामहिक राजनीतिक विषयमा छलफल गर्न शीर्ष नेताहरु बीच अनौपचारिक छलफल भए पनि छलफलमा कुनै ठोस निर्णय भएन । उहाँले अब एक–दुई दिनमै फेरि बैठक बस्ने बताउनुभयो ।
बैठकमा नेताहरू महन्थ ठाकुर, बाबुराम भट्टराई, उपेन्द्र यादव, राजेन्द्र महतो, अशोक राई र राजेन्द्र श्रेष्ठको उपस्थिति रहेको थियो । पछिल्लो सयम जसपाभित्र दुई मत देखिएको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीको सरकारलाई समर्थन गर्ने कि नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाको नेतृत्वमा नयाँ सरकार बनाउने भन्नेमा जसपाभित्र दुईमत देखिएको हो ।