काठमाडौं । संसद्को हिउँदे अधिवेशन आजबाट अन्त्य भएको छ । आज बिहान बसेको मन्त्रिपरिषद् बैठकले संसद्को हिउँदे अधिवेशन आजबाट अन्त्य गर्ने निर्णय गरेको थियो ।
उक्त निर्णय अनुसार राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको चालु अधिवेशन अन्त्यको घोषणा गर्नुभएको छ । मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिले आज संविधानको धारा ९३ को उपधारा २ बमोजिम अधिवेशन अन्त्यको घोषणा गर्नुभएको हो ।
प्रतिनिधिसभा पुनःस्थापना भएपछि गत फागुन २३ गतेदेखि प्रतिनिधिसभाको अधिवेशन चालू रहेको थियो ।