काठमाडौं । नेकपा माओवादी केन्द्रले आज बोलाएको स्थायी समिति बैठक स्थगित भएको छ ।
आज १ बजेका लागि बोलाएको स्थायी समिति बैठक भोलि १ बजे बस्नेगरी स्थगित भएको माओवादी केन्द्र केन्द्रीय कार्यालयका कार्यालय सचिव श्रीराम ढकालले जानकारी दिनुभयो ।
नेताहरुको कार्यव्यस्तताका कारण बैठक स्थगित भएको उहाँको भनाइ छ । माओवादी केन्द्रको आज बस्ने भनिएको बैठकले सरकारलाई दिएको समर्थन फिर्ताबारे छलफल गर्ने नेताहरुले बताएका थिए ।