काठमाण्डौ । नेपाल पत्रकार महासंघको एशोसियट केन्द्रीय सदस्यमा पीजे क्लबका विकास कार्की र एभरेष्ट प्रेस क्लबकी कृति भट्टराईले जितेका छ। एशोसियट सदस्यका लागि ५ जना चुनावी प्रतिस्पर्धामा थिए।
त्यसमध्ये कार्कीले सर्बाधिक ३ सय १ मत पाए भने कृतिले २ सय ७४ मत पाइन् । हिजो राती अवेर सम्पन्न मतगणनाअनुसार उनीहरुका प्रतिस्पर्धी नेपाल पत्रकार मञ्चका ओमबन्धु कार्कीले २ सय ५७, चलचित्र पत्रकार संघका विष्णु सुवेदीले १ सय ६१ र समीक्षक समाजकी स्मृति ढुंगानाले १ सय ३३ मत पाइन्।