काठमाडौं । प्रधानमन्त्री केपी ओलीको राजीनामा मागेर आफ्नै नेतृत्वमा सरकार गठन गर्ने कांग्रेसको निर्णयलाई राप्रपाका अध्यक्ष कमल थापाले ‘आत्मघाती’ को संज्ञा दिनुभएको छ ।
कांग्रेसको हिजो बसेको केन्द्रीय कार्यसमितिको बैठकले प्रधानमन्त्री ओलीको राजीनामा मागेर आफ्नै नेतृत्वमा सरकार बनाउन पहलकदमी थाल्ने निर्णय गरेकोमा उहाँले त्यसको आलोचना गर्नुभएको हो ।
सामाजिक सञ्जाल मार्फत उहाँले वर्तमान संकटबाट मुक्ति र प्रजातन्त्र रक्षाको उपयुक्त निकास नयाँ चुनाव नै भएको टिप्पोणी गर्नुभयो ।
कम्युनिष्टको विकल्प बनेर चुनावमा जानुको सट्टा भ्रष्ट कम्युनिष्टको एक भंगालोसाँथ अपवित्र गठबन्धन बनाएर अस्थिरता, भ्रष्टाचार र कुशासनको श्रृङ्खलालाई निरन्तरता दिने कांग्रेसको पछिल्लो निर्णय आत्मघाती हुने उहाँको भनाइ छ ।