काठमाडौं- नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को केपी शर्मा ओली पक्षीय अनेरास्ववियूले विद्यार्थीहरूको भेला बोलाएको छ। शुक्रबार राजधानीको प्रदर्शनीमार्गस्थित रत्नराज्यलक्ष्मी क्याम्पसमा दिउँसो १ बजे अनेरास्ववियू (ओली पक्ष)ले भेला बोलाएको हो।
भेलामा पार्टीका सचिवालय सदस्य एवं उप्रधानमन्त्री ईश्वर पोखरेल र स्थायी कमिटी सदस्य एवं ऊर्जामन्त्री टोपबहादुर रायमाझीले भेलामा सम्बोधन गर्ने तय भएको ओलीपक्षीय अनेरास्ववियूले जानकारी दिएको छ।
प्रतिनिधि पुनर्स्थापनापछि नेकपाको प्रचण्ड-माधव पक्षका कार्यक्रम सुस्ताएका छन् भने ओली पक्षले कार्यक्रमलाई निरन्तरता दिइरहेको छ। ओली पक्षले सर्वोच्च अदालतको फैसला मान्नु बाध्यात्मक भएको तर यो फैसलाले राजनीतिक अस्थिरता निम्त्याउने बताउँदै आएको छ।