नेपाल कम्युनिस्ट पार्टी नेकपालाई पुनः एकता गराउने भन्दै उपाध्यक्ष वामदेव गौतमले पार्टी एकता राष्ट्रिय अभियान सञ्चालन गर्ने चर्चा चलिरहेका बेला प्युठानमा कमिटी नै गठन भएको छ ।
पार्टी एकताका लागि दबाव सिर्जना गर्न भन्दै १०१ सदस्यीय कमिटी गठन गरिएको हो । एकता पक्षधरका अगुवा कार्यकर्ताको भेलाले टिकाबहादुर गुरुङको संयोजकत्वमा कमिटी गठन गरेको सचिव इमानसिंह भारतीले बताउनुभयो । भेलाले पार्टी विभाजनबाट रोक्न दबाव सिर्जना गर्ने निर्णय गरेको उहाँले जानकारी दिनुभयो । भेलाले गरेका निर्णयहरु पार्टी केन्द्रीय कार्यालय र जिल्ला कार्यालयमा पठाइनेछ ।