विवेकशील नेपालीदल र साझा पार्टीबीच पार्टी एकताको प्रक्रियाअन्तिम चरणमा पुगेको बताइएको बेलाविवेकशीलकीउपाध्यक्षअजिता राईसहितको टोलीले पार्टीत्यागको घोषण गरेको छ ।साझा पार्टीसँगको एकतामा सहभागीनहुने भन्दै राईसहित १३ जनाको टोलीले विवेकशील छोडेको बताएको छ । राईले पार्टी एकताको विषयमा फरक मत रहेको र त्यो सम्बोधननहुने भएपछि अलगभएको बताउनुभएको छ ।
साझासँगको एकतामा १३ जना सदस्यबाहिरिएपछि अब विवेकशीलबाट संघीय समितिमा रहेका २२ जनामात्रै सहभागीहुनेछन् ।विवेकशीलको संघीय समिति सदस्यमा ३५ जनारहेका थिए। दुई वर्ष अघि फुटेको साझा र विवेकशीलपुन एक हुनलागेका छन्। एकीकृत पार्टीको नामविवेकशील साझा पार्टी राख्ने सहमतिभइसकेको र चुनावचिन्ह तराजु रहने दुई पार्टीबीच सहमतिभइसकेको छ। एकतापछिको पार्टीमा साझाका संयोजक रवीन्द्र मिश्रअध्यक्ष र विवेकशीलकाअध्यक्षमिलन पाण्डे संयोजक रहने बताइएको छ।