नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठक निर्धारित समय भन्दा एक घण्टा पछाडि सरेको छ । प्रधानमन्त्री केपी शर्मा ओली पनि बैठकमा सहभागी हुन सहमत भएसँगै उहाँको चाहनाअनुसार बैठक आजै दिउँसो २ बजेसम्मलाई सारिएको हो ।
यसअघि प्रधानमन्त्री केपी शर्मा ओलीले बैठकको औचित्य नभएको भन्दै सहभागी नुहने बताउनुभएको थियो । तर, बहुमत सदस्य ओलीको सहभागिता बिनै पनि बैठक बसेर निर्णय गर्ने अडानमा पुगेपछि ओली दवावमा पर्नुभएको थियो ।
यसबारे रणनीति बनाउन बालुवाटारमा भएको ओली पक्षीय छलफलले बैठकमा सहभागी हुनुनै सही हुने निष्कर्ष निकालेपछि उहाँ बैठकमा सहभागी हुन राजी हुनुभएको बताइएको छ ।
सोहीअनुसार ओलीले आफूले आवश्यक तयारी गर्नुपर्ने बताएपछि बैठक एक घण्टा सारिएको बताइएको छ । आजको सचिवालय बैठकमा ओली र प्रचण्डको छुट्टाछुट्टै प्रस्तावमाथि छलफल हुनेछ ।