चीनका लागि नेपालका पूर्व राजदुत लिलामणी पौडेलले नेपाल र चीन बीचको ट्रान्स हिमालयन रेलमार्ग नेपालका लागि अत्यावश्यक परियोजना भएको बताउनुभएको छ ।
उक्त रेलमार्गले दुई देशीय व्यापारको ढोकालाई अझै फराकिलो बनाउनुका साथै पर्यटकीय दृष्टिकोणले पनि दुरगामी महत्व राख्ने बताउनुभएको छ । भारतसँगको परनिर्भरता तोड्न उक्त रेलमार्ग विकल्प मात्रै नभइ लाइफलाइन नै बन्ने पूर्व राजदूत पौडेलको भनाई छ ।
भुपरिवेष्टित मुलुकका लागि रेलमार्ग विश्वको व्यापारिक सञ्जालमा सहभागी हुन महत्वपुर्ण माध्यम बन्ने भन्दै उँहाले हिमालय वारपार रेलमार्ग निर्माण भएसँगै युरोप, मध्यपूर्वी एसिया लगायतका देशसँगको व्यपारमा नयाँ ढोका खुल्ने बताउनुभएको छ ।