काठमाडौं । प्रतिनिधि सभाका सदस्य एकनाथ ढकालले मित्रराष्ट्र कम्बोडिया संसदकी अध्यक्ष (सभामुख) कून सुदारीसँग कम्बोडियाली संसद भवनमा सोमबार शिष्टाचार भेट गरेका छन् ।
भेटका क्रममा आपसी हित र समसामयिक बिषयमा कुराकानी भएको ढकालका स्वकीय सचिव जेन श्रेष्ठले जानकारी दिएका छन् ।
अध्यक्ष सुदारीले सांसद ढकाल मार्फत नेपालको प्रतिनिधि सभाका सभामुख देवराज घिमिरे र राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनालाई शुभकामना संदेश समेत पठाइकी छिन् ।
सांसद ढकालले नेपाल र कम्बोडिया बीच साँस्कृतिक आदानप्रदान तथा पर्यटनको विकास बारे धारणा राखेका थिए ।
प्रतिनिधि सभाको अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिका सदस्य समेत रहेका ढकाल ३ दिने मैत्रीपूर्ण भ्रमणको क्रममा मित्र राष्ट्र कम्बोडियामा रहेका छन् ।