काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थयमा क्रमिक सुधार आएको उनको नीजि सचिवालयले जनाएको छ ।
प्रधानमन्त्रीका प्रेस सल्लाहकार कुन्दन अर्यालले आईतबार बिज्ञप्ती जारी गर्दै ओली प्रधानमन्त्री निवासमा आराम गरिरहनु भएको उल्लेख गर्नुभएको छ ।
'मौसमी रुघाखोकी र हल्का ज्वरोबाट सामान्य अस्वस्था हुनु भएका प्रधानमन्त्री ओली चिकित्सकको सल्लाह अनुसार विगत दुई दिन देखि भेटघाट र बैठकबाट टाढा रही निवासमै आराम गरिरहुन भएको छ ।' बिज्ञप्तीमा उल्लेख गरिएको छ ।