काठमाडौं । भक्तपुरको डोलेश्वरबाट चोरीको मोटरसाइकलसहित २ जना पक्राउ परेका छन् । बुधबार पक्राउ परेका उनीहरूलाई ट्राफिक प्रहरीले आवश्यक कारबाहीका लागी सम्बन्धित वृत्तहरूमा आज बुझाएको हो ।
काभ्रेपलान्चोकको चौरीदेउराली गाउँपालिका ३ घर भई हाल भक्तपुरको डोलेश्वर बस्ने लोप्साङ तामाङ र सोही स्थानका आदर्श लामालाई क्रमश प्रहरी वृत सिंहदरबार र महाराजगन्ज बुझाइएको हो ।
मकवानपुरको हेटौडा उपमहानगरपालिका १६ बस्ने देवलाल थिङले थापाथली स्थित राष्ट्रिय वाणिज्य बैङ्क पछाडिबाट वास्तविक नम्बर बागमती प्रदेश ०२०२० प ०१ ३१ नम्बरको मोटरसाइकल र काठमाडौँकै टोखा नगरपालिका ३ बस्ने सूर्यलाल डङ्गोलले टोखा त्वापचा स्थित पार्किङमा वास्तविक नम्बर बाग्मती प्रदेश ०२०२९ प २७ २१ नम्बरको मोटरसाइकल चोरी भएको भनी काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयमा निवेदन दिएका थिए ।