काठमाडौं । भारतको गुजरातमा आज विधानसभा निर्वाचन अन्तर्गत पहिलो चरणको मतदान हुँदैछ । कुल १ सय ८२ सिट मध्ये पहिलो चरणमा ८९ सिटका लागि दुई करोड ३९ लाख मतदाताले मतदान गर्दैछन् ।
भारतको निर्वाचन आयोगले भने निर्वाचन प्रचार प्रसारका क्रममा मतदाता प्रभावित गर्न वितरण गर्न लागिएको अर्बाैं बराबरको नगद र जिन्सी जफत गरेको छ । प्रमुख निर्वाचन आयुक्त राजीब कुमारका अनुसार आयोगले यस क्रममा साढे सात अर्ब रूपैयाँ बराबरको नगद, जवाहरत, लागूपदार्थ र मदिरा जफत गरेको हो ।
सन् २०१७ को निर्वाचनमा यस्तो जफत २७ करोड रुपैयाँ बराबर मात्रै थियो । चुनावमा मतदाता प्रभावित गर्न खरिद गरिएको १५ करोड रुपैयाँ बराबरको त मदिरा मात्रै जफत गरिएको आयोगको भनाइ छ ।
त्यस्तै, लागूपदार्थ ६० करोड रूपैयाँ बराबरको जफत गरिएको छ भने अन्य जिन्सी सामग्री अर्ब ७१ करोड रूपैयाँ बराबरको भएको आयोगले जनाएको छ ।