काठमाडौं । बाराको निर्वाचन क्षेत्र नम्बर ३ मा नेकपा एमालेले ‘क्लीन स्वीप’ गरेको छ । क्षेत्र नम्बर ३ को प्रतिनिधि सभा र प्रदेश सभामा नेकपा एमालेले जित हात पारेसँगै एमालेले ‘क्लीन स्वीप’ गरेको हो ।
प्रतिनिधि सभा सदस्यमा एमालेकी ज्वाला कुमारी साह निर्वाचित भइन् भने प्रदेश सभातर्फ क्षेत्र (क) मा एमालेका रवीन्द्र दास श्रेष्ठ र (ख) मा महम्मद समीर अंसारी विजयी भए ।
बाराका तीन वटा निर्वाचन क्षेत्रको मत परिणाम घोषणा भएकोमा दुई वटामा एमाले र एउटामा नेकपा एकीकृत समाजवादीका उम्मेदवार विजयी भएको छ । एउटा क्षेत्रको अन्तिम मत परिणाम घोषणा हुन बाँकी छ ।
आठ प्रदेश सभाको क्षेत्र मध्ये एमाले चार वटामा विजयी भएको छ भने जसपाले तीन वटा क्षेत्रमा जित हात पारेको छ । लोसपाले भने एउटा क्षेत्रमा जित हात पारेको छ ।
नेपाली कांग्रेसले गठबन्धन गरेर चार वटा क्षेत्रमा कांग्रेसका तर्फबाट प्रदेश सभा सदस्यमा उम्मेदवारी दिए पनि एक ठाउँमा पनि जीत हात पार्न सकेन ।