काठमाडौं । इलाम निर्वाचन क्षेत्र नम्वर २ को प्रदेश सभा २ मा नेकपा एमालेका उम्मेदवार रामबहादुर मगर निर्वार्चित भएका छन् । उनले नेकपा माओवादी केन्द्रका उम्मेदवार हर्क लावती कान्छालाई २ हजार ५७८ मतान्तरले हराएका हुन् ।
मुख्य निर्वाचन अधिकृतको कार्यालयले सार्वजनिक गरेको अन्तिम मतपरिणाम अनुसार राम बहादुर मगरले १३ हजार ७ सय ५४ मत प्राप्त गर्दा हर्क लावती कान्छाले ११ हजार १ सय ७६ मत प्राप्त गरेका छन् ।
राना यसअघि समेत इलाम २ को प्रदेश सभा १ बाट निर्वाचित भएका थिए । उनी नेकपा एमालेका केन्द्रीय सदस्य समेत हुन् । एक नम्वर प्रदेशका पूर्व भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री समेत रहेका रानाले दोस्रो कार्यकालका लागि निर्वाचित भएका हुन् ।
विजयी सांसद मगरले मतदाता सबैलाई धन्यवाद समेत दिए । उनले कसैलाई काखा र कसैलाई पाखा नगरी काम गर्ने प्रतिबद्वता जनाए ।