काठमाडौं । सुर्खेत निर्वाचन क्षेत्र नम्बर २ प्रदेश सभा (ख) मा नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य विन्दमान विष्ट विजयी भएका छन् । उनले नेकपा एमालेका ताराकेशर गौतमलाई ४ हजार ५७५ मतान्तरले पराजित गरेका हुन् ।
त्यहाँ ३१ हजार ६८२ मत खसेको थियो । जसमध्ये विष्टको पक्षमा १३ हजार ९०९ मत आएको छ ।
एमालेका गौतमको पक्षमा ९ हजार ३३४ मत आएको छ । विष्ट विरुद्ध उम्मेदवारी दिएका एकीकृत समाजवादीका मोहनसिंह बडुवालले ६ हजार २१४ मत प्राप्त गरेका हुनन् ।