काठमाडौं । कर्णाली प्रदेशसभा बैठक आज दिउँसो ३ बजे बस्दैछ । प्रमुख प्रतिपक्ष नेकपा एमालेको अवरोधका कारण स्थगित हुँदै आईरहेको बैठक आज बस्न लागेको हो ।
दशौं अधिवेशन अन्तर्गतको १७ औं बैठकमा प्रतिपक्ष दलसँग सरकारले गरेको ७ बुँदे सहमति कार्यान्वयन नगरेको भन्दै एमालेले संसद अवरुद्ध गर्दै आएको छ । एमालेले आफूसँग भएका सहमति कार्यान्वयन नभए संसद चल्न नदिने अडान छाडेको छैन ।
बजेटमा १७ लाख भन्दा तलका टुक्रे योजना नल्याउने, मुख्यमन्त्री रोजगार कार्यक्रमको कार्यविधि संशोधन गरिनुपर्ने लगायतका विषयमा सम्झौता गरेपनि सरकारले अटेरी गरेको एमालेको आरोप छ ।