काठमाडौं । लामो समयपछि मङ्गलवार बढेको शेयर बजार बुधवार आज भने दोहोरो अङ्कले घटेको छ । शेयर बजार परिसूचक नेप्से आज ३१ दशमलव २१ अङ्कले घटेर एक हजार आठ सय ९३ दशमलव ५३ विन्दुमा झरेको छ ।
आज सबै समूहको शेयर घटेर बजार राताम्मे देखिएको छ । बीमा, विकास बैंक, जलविद्युत् र लघुवित्त समूहको शेयर उच्च अङ्कले घटेको छ । नेप्सेसँगै कारोबार रकम पनि निकै घटेको छ ।
दुई सय २९ वटो कम्पनीको ३० लाख ३४ हजार कित्ता शेयर ८४ करोड ३७ लाख रुपैयाँमा कारोबार भएको छ । सबैभन्दा धेरै नबिल बैंकको तीन करोड ३९ लाख रुपैयाँको शेयर किनबेच भएको छ ।
आज सबैभन्दा धेरै अपर मार्दी हाइड्रो कम्पनीको शेयर साढे ६ प्रतिशतले घटेको छ । समग्रमा बजार राताम्मे हुँदा पनि आँधीखोला लघुवित्त र ग्लोबल आईएमई समुन्नत स्किमको शेयर १० प्रतिशतले बढेको छ ।