काठमाडौं । प्रतिनिधिसभाको बैठक आज पनि बस्ने भएको छ । बैठक बिहान ११ बजे संघीय संसद भवन नयाँ बानेश्वरमा बस्ने संसद सचिवालयले जनाएको छ ।
आज पनि विनियोजन विधेयक, २०७९ का विभिन्न शीर्षकमाथिको छलफल जारी रहने संसद सचिवालयले जनाएको छ ।
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय, खानेपानी मन्त्रालय, अर्थ मन्त्रालय र रक्षा मन्त्रालयका विभिन्न शीर्षकमाथि पनि छलफल हुनेछ ।