काठमाडौं । रुपन्देहीको बुटवल उपमहानगरपालिकाको मेयरमा सत्ता गठबन्धनको तर्फबाट नेपाली कांग्रेस र उपमेयरमा एमाले निर्वार्चित भएको छ ।
मेयर कांग्रेसका उम्मेदवार खेलराज पाण्डेय र उपमेयरमा नेकपा एमालेकी सावित्री देवी अर्याल निर्वाचित भएका हुन्। निर्वाचन आयोगका अनुसार मेयरमा पाण्डेयले ३० हजार एक सय ३० मत र उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका बाबुराजा भटराईले २२ हजार पाँच सय ९७ मत प्राप्त गरेका छन् ।
यस्तै उपमेयरमा एमालेकी उम्मेदवार अर्यालले २४ हजार नौ सय चार मत र उहाँका निकटतम प्रतिस्पर्धी सत्ता गठबन्धनको तर्फबाट नेकपा एकीकृत समाजवादीका चीनबहादुर गुरुङले १६ हजार नौ सय ८० मत प्राप्त गरेका छन् ।