काठमाडौं । निर्वाचन आयोगले स्थानीय तह चुनावमा आवश्यक सुरक्षा प्रवन्ध गर्न नसकिएको निष्कर्ष निकालेको छ ।
शुक्रबार (आज) साँझ पत्रकार सम्मेलन गर्दै आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले देशैभरी एकैसाथ निर्वाचन गराउने क्रममा आवश्यक सुरक्षा प्रवन्ध गर्न नसकिएका कारण धेरै ठाउँमा निर्वाचन स्थगित गर्नु परेको बताए ।
उनले धेरै मत खसेका स्थानमा ७४ देखि ७५ प्रतिशत सम्म खसेको छ । देशभरको औषतमा ६५ देखि ७२ प्रतिशतको बीचमा मत खसेको अनुमान गरिएको उनले बताए ।
उनले आधिकारिक तथ्यांक आउने क्रममा रहेको बताए । पत्रकार सम्मेलनमा थपलियाले निर्वाचन सम्पन्न गराउन राजनीतिक दलहरूको पूर्ण सहयोग नभएको गुनासो गरे ।