काठमाडौं । नवगठित नेपाल कम्युनिष्ट पार्टी (नेकपा) बहुमतका संयोजक धर्मेन्द्र बास्तोला पक्राउ परेका छन्। प्रहरीले उनलाई आज बिहान ४ बजे दाङको भालुवाङबाट पक्राउ गरेको हो। सुर्खेतस्थित घर जाँदै गर्दा भालुबाङमा उनी पक्राउ परेको पार्टीका एक नेताले जानकारी दिए।
उनी घर हुँदै आज कोहलपुर पार्टीको आन्तरिक कार्यक्रममा सहभागी हुने तय भएको थियो। चुनावको विषयलाई लिएर नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेकपाबाट विभाजन भएर उनले केही दिनअघि नेकपा बहुमत पार्टी घोषणा गरेका थिए।
बास्तोलाले निर्वाचन बहिस्कार गर्ने रणनीति बनाएका कारण मध्यनजर गरी उनलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ। बुधबार साँझ बुटवलमा प्रेसर कुकर बम विस्फोट भएपछि प्रहरीले थप सतर्कता अपनाएको छ।