काठमाडौं । नेकपा एमाले सुर्खेतको अध्यक्षमा अमृत बिसी विजयी भएका छन् । एमाले सुर्खेतको नयाँ नेतृत्वका लागि भएको निर्वाचनबाट अध्यक्षसहित सम्पूर्ण पदाधिकारीमा बिसीको प्यानल निर्वाचित भएको हो ।
अध्यक्षमा बिसीले डण्डीप्रसाद शर्मालाई १ सय १ मतान्तरले पराजित गरेका हुन् । निवर्तमान उपाध्यक्षसमेत रहेका बिसीले ३ सय ६८ मत ल्याउँदा प्रतिद्वन्द्वी डण्डीप्रसाद शर्माले २ सय ६७ मतमात्र ल्याए ।
त्यसैगरी जिल्ला उपाध्यक्षमा कूलमणि देवकोटा निर्वाचित भएका छन् । देवकोटाले ३ सय ९४ मत प्राप्त गर्दा उपाध्यक्षका अर्का प्रत्यारी ऋषि गिरी २ सय २६ मतमात्र पाए ।
सचिवमा कविन्द्र केसी, उपसचिवमा घनश्याम पाण्डे र बलबहादुर नेपाली विजयी भएका छन् । उनीहरू पनि बिसी प्यानलकै नेता हुन् ।
पौष २३ गते सुरु भएको जिल्ला अधिवेशनमा सहमति हुन नसकेपछि मंगलबार मतदान भएको थियो ।