काठमाडौं । नेकपा (एमाले) लमजुङको ८औँ जिल्ला अधिवेशन शुक्रबार आज सुरु हुँदैछ । एमाले अध्यक्ष केपी शर्मा ओलीले देशभरका जिल्ला अधिवेशनको एकसाथ उद्घाटन गर्ने कार्यक्रम छ ।
सुन्दरबजार लमजुङमा उद्घाटन कार्यक्रमपछि केन्द्रीय उपमहासचिव पृथ्वीसुब्बा गुरुङले सम्बोधन गर्ने कार्यक्रम रहेको छ । बन्दसत्र शनिबारबाट जिल्ला समन्वय समितिको सभाहलमा आयोजना हुने नेकपा एमाले लमजुङका सचिव शुभाष पौडेलले बताए ।
बन्द सत्रमा प्रतिनिधि, पर्यवेक्षक र आयोजकगरी करिब ६ सय जनाको सहभागिता रहने छन् ।