काठमाडौं । नेकपा एमालेले कर्णाली प्रदेशबाट राष्ट्रिय सभाको चुनावका उम्मेदवार चयन गरेको छ । राष्ट्रियसभा चुनावका लागि तीन जना उम्मेदवार चयन गरेको हो ।
चयन भएका उम्मेदवारहरुमा जुम्लाकी गंगा महत, सुर्खेतका चुडामणि शर्मा र दैलेखका पदम माझी रहेका छन् । राष्ट्रियसभाका लागि ९ जनाको नाम केन्द्रमा सिफारिस गरेका मध्येबाट दुई जना र अल्पसंख्यकबाट माझीलाई उम्मेदवार चयन गरिएको एमालेका कर्णाली प्रदेश इन्चाज यामलाल कँडेलले बताए ।
राष्ट्रियसभाका सदस्य रहेको कालिकोटका जीवन बुढा (माओवादी केन्द्र) रुकुम पश्चिमका ठगेन्द्रप्रकाश पुरी (एकीकृत समाजवादी) र हुम्लाका कविता वोगटी (एमाले) फागुन १८ पदावधि सकिदैँ छ । अन्य राजनीतिक दलहरुले अहिले उम्मेदवारको टुङ्गो लगाउन सकेका छैनन् ।