काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बिहीबार पत्रकारसँग अन्तरक्रिया गर्दै छन् । प्रेस चौतारी नेपालले दिउँसो १२स् ३० बजे ओलीसँग पत्रकार साक्षात्कार कार्यक्रम आयोजना गरेको अध्यक्ष गणेश बस्नेतले जानकारी दिए ।
पत्रकार सम्मेलन काठमाडौँको तीनकुनेस्थित एक बैंक्वेटमा हुनेछ । चितवनमा हालै सम्पन्न महाधिवेशनमा अध्यक्ष ओली दोस्रो कार्यकालका लागि पुनः अध्यक्षमा निर्वाचित भएका थिए ।