काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले एक हप्ताभित्र मन्त्रिपरिषद्ले पूर्णता पाउने बताएका छन् ।
काठमाण्डौको मिनभवनमा रहेको केन्द्रीय कार्यालयको उद्घाटन गर्दै उनले एक हप्ताभित्र मन्त्रिपरिषद्ले पूर्णता पाउने दाबी गर्नु भएको हो । नेता नेपालले कुनै पद पाउनका लागि आफूले छुट्टै पार्टी गठन गरेको नभइ देश र नागरिकको हितका लागि गठन गरेको पनि दाबी गरे ।
त्यस्तै, उहाँले आफ्नो पार्टीले गफ गरेर नभइ काम गरेर देखाउने पनि दाबी गरे ।